Ad Image

पाकिस्तान आक्रमणमा मारिएका ५ जना आतंकवादीको पहिचान खुल्यो, को को हुन्?

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746873254.jpg

एजेन्सी । भारतले गत बुधबार पाकिस्तानमा मिसाइल आक्रमण गर्दा मृत्यु भएकामध्ये पाँच जना आतंकवादीको पहिचान भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


अनलाइन द हिन्दुस्तान टाइम्सले बुधबार भारतमो हमलामा पाकिस्तानमा मारिएकामध्ये पाँच जना आतंकवादीको मृत्यु भएको जनाएको छ । हिन्दुस्तानले पहिचान खुलेका पाँचै जनाको नाम समेत सार्वजनिक गरेको छ । मृत्यु हुनेमा मुदस्सर खादियान खास, हाफिज मुहमद जमिल, मोहम्मद युसुफ अजहर, खालिद र मोहम्मद हसन खान रहेका छन् ।

 

मुदस्सर र अबु जुनदल उपनाम रहेका मुदस्सर खादियान खास लश्कर(ए)तइबामा आबद्ध रहेको भारतको दाबी छ । हिन्दुस्तान टाइम्सका अनुसार उनी पाकिस्तानको मुरिद्केस्थित मार्काज तइबाको प्रमुख समेत हुन्। 

 

त्यसैगरी मसुद अजहरका छोरा भनिएका हाफिज मुहमद जैश(ए)मोहम्मदुमा आबद्ध रहेको बताइएको छ । मोहम्मद युसुफ अजहरको आफ्नो समूहमा उस्ताद जी, मोहद सलिम, घोसी साहब गरी तीन उपनाम रहेको बताइएको छ। उनको आबद्धता जैश(ए)मोहम्मदुमा रहेको दाबी गरिएको छ। 

 

अबु अकाशा उपनाम रहेका खालिदको आबद्धता लश्कर(ए)तइबामा रहेको भारतको दाबी छ । त्यसैगरी मोहम्मद हसन खानको आबद्धता जैश(ए)मोहम्मदमा रहेको भनिएको छ।

 

भारतले बुधबार बिहान १ देखि पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुर, मुरिद्के, सियालकोट, शकरगढ र पाकिस्तान नियन्त्रित कश्मिरको मुजफ्फरवाद, कोटली, भिम्बर, बाघ र चक अमरूमा मिसाइल आक्रमण गरेको थियो ।