Ad Image

कालीगण्डकी दोहनबारे सरकारलाई अध्यक्ष केसीको चेतावनी

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746943790.jpg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीमा भइरहेको अवैध दोहनप्रति सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् ।

 

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदीबाट जथाभावी रूपमा ढुंगा, बालुवा निकालिएको आरोप लगाए ।

 

“सरकार तमासे बनेर हेरेर बसिरहेको छ,“ केसीले भने, “यदि यस्तो दोहन तुरुन्त रोकिएन भने कालीगण्डकी कोरिडोर नै भासिने खतरा छ।”

 

उनले वातावरणीय सन्तुलन र भौगोलिक संरचनालाई चुनौती दिने गरी भइरहेको यस खालको दोहनले दीर्घकालीन असर पार्ने भन्दै तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।