Ad Image

क्रिस्चियन गीतमा अभिनय गरेपछि कलाकार सुरवीर पण्डितको क्षमायाचना

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746944997.jpg

काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले हालै दुई वटा क्रिस्चियन गीतमा अभिनय गरेको विषयलाई लिएर धार्मिक व्यक्तिहरूको भावनामा चोट पुगेको भन्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।


सामाजिक सञ्जालमार्फत सार्वजनिक मन्तव्य जारी गर्दै उनले आफ्नो अभिनयको उद्देश्य केवल कलाकारिता रहेको र कसैको पनि भावना वा आस्थामा आँच पुर्‍याउने आशय नरहेको स्पष्ट पारे । 


“कलाकार बन्न चाहने मानिसले जे आउँछ, त्यसलाई प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ भन्ने अग्रजको सुझाव अनुसार अघि बढ्दा यस्तो अवस्था आयो,” पण्डितले भने ।


उनले गुरुबा, गुरुआमा, पुरोहित, अभिभावक र धर्म प्रेमी सबैप्रति गहिरो सम्मान व्यक्त गर्दै भविष्यमा धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


“हामीलाई अज्ञानी ठानेर क्षमा गरिदिनुहोस्,” भन्दै उनले आफ्नो सह अभिनेता रामचन्द्र अधिकारी (काजी साब)को नाम पनि उल्लेख गर्दै उहाँले पनि यस्तै भाव राखेको जानकारी दिए ।


सुरवीर पण्डितले सम्पूर्ण दर्शक, धर्मगुरु, अभिभावक र शुभेच्छुकहरूलाई आगामी दिनमा आशीर्वाद र मार्गदर्शन गरिरहन आग्रह गरे ।