रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणमाथिको सुनुवाइ स्थगित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा तोकिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिए पनि न्यायाधीश पोखरेलले मुद्दा हेर्न नमिल्ने बताएका कारण सुनुवाइ स्थगित भएको हो ।
यायाधीश पोखरेलले अघिल्लो समय अधिवक्ताका रूपमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेको पक्षमा कानुनी बहस गरेका थिए । साथै, अन्य मुद्दाहरूमा पनि लामिछानेका कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेका कारण उनले आफूले मुद्दा नहेर्ने निर्णय गरेका हुन् ।
यसअघि, वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलले उनलाई गैरकानुनी रूपमा थुनिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।