Ad Image

सगरमाथा संवादको प्रचार–प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746948301.jpg

काठमाडौं । जेठ २ देखि ४ गतेसम्म हुने “सगरमाथा संवाद–२०८१”को प्रचारप्रसारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका १६ निकायलाई निर्देशन दिएको छ ।

 

जलवायु परिवर्तन, हिमाल र मानव भविष्यको विषयमा केन्द्रित उक्त संवादको प्रचारमा ‘सगरमाथा संवाद’ लोगो सबै आधिकारिक लेटरहेडको दायाँ भागमा अनिवार्य राख्न र सरकारी वेबसाइटहरूमा संवादको वेबसाइट लिङ्क जोड्न भनिएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सगरमाथा संवाद सचिवालयको निर्णय अनुसार तीनै तहका सरकारलाई यस्तो अनुरोध गरिएको हो । शिक्षा मन्त्रालयले त्यसअनुरूप मातहत निकायहरूलाई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

edu