यस्तो छ नीति–कार्यक्रमबारे प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
Mayorsap
आइत, बैशाख २८, २०८२ | १४:५४ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सरकारले घोषणा गरेका पूर्वाधार परियोजनाहरू पुनः प्राथमिककरण गर्ने प्रस्ताव नीति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन् ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गर्ने नयाँ सोच प्रस्तुत गरिएको बताए ।
प्रधानमन्त्रीले असान्दर्भिक योजनाहरू त्याग्ने, उपयोगी योजनाहरूलाई निरन्तरता दिने र चालु परियोजनालाई तोकिएको समयमा सम्पन्न गर्ने नीति लिइएको स्पष्ट पारे ।
उनका अनुसार राष्ट्रिय गौरवका आयोजना पुनरावलोकन गरिने, सम्भावना नदेखिएका परियोजना स्थगन वा खारेज गरिने र नयाँ योजनाहरू अघि बढाउँदा ’बिजनेस प्लान’सहित दिगो दृष्टिकोण अपनाइने छ ।
उद्यमशीलता प्रवर्द्धन गर्न व्यवसायको सम्पूर्ण ’इकोसिस्टम’लाई ध्यानमा राख्ने नीति पनि ल्याइएको उनले बताए ।