Ad Image

शिवसेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746953463.jpg

काठमाडौं । हिन्दू राष्ट्र स्थापनाको अभियानमा सक्रिय शिवसेना नेपालका अध्यक्ष अनिल बाबालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिए पनि पक्राउको कारण भने सार्वजनिक गरिएको छैन ।

 

धार्मिक तथा राष्ट्रियता सम्बन्धी विषयमा सक्रिय अनिल बाबाले हिन्दू राष्ट्र घोषणाका पक्षमा विभिन्न कार्यक्रम गर्दै आएका थिए । यसअघि पनि राष्ट्रपतिविरुद्ध प्रदर्शनको तयारीको आरोपमा उनी पक्राउ परेका थिए ।

 

उनका समर्थकहरूले सामाजिक सञ्जालमा विरोध जनाउँदै तत्काल रिहाइको माग गरेका छन् । शिवसेनाले छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । पार्टी निकट स्रोतले बिना ठोस कारण पक्राउ गरिएको दाबी गरेको छ ।