नेत्रावती डबजोङ गाउँपालिकामा सहकारी व्यवस्थापनसम्बन्धी तालिम हुने


धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाले गाउँपालिका भित्रका सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरूका लागि सहकारी व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिका कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएअनुसार तालिम आगामी जेठ ३ र ४ गते बिहान १० बजेदेखि गाउँपालिका कार्यालयमा सञ्चालन हुनेछ । तालिममा प्रत्येक सहकारी व्यवस्थापन समितिका अध्यक्ष, सचिव तथा एक\एक जना सदस्य गरी तीन जनाको सहभागिता अनिवार्य गराइएको छ ।
तालिमको उद्देश्य सहकारी संस्थाको सुदृढ व्यवस्थापन र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नु रहेको बताइएको छ । कार्यक्रमको व्यवस्थापनमा नेत्रावती डबजोङ गाउँपालिकाको सहकार्य रहनेछ ।
तालिममा सहभागी हुन गाउँपालिकाले सबै वडालाई पत्राचार गर्दै सहकारी संस्थाहरूलाई समयमै जानकारी गराइ सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ ।
