आरुघाट गाउँपालिकामा सामाग्री उत्पादन तालिम सञ्चालन हुँदै


गोरखा । आरुघाट गाउँपालिकाले आर्थिक वर्ष २०८१\०८२ अन्तर्गतको उपाध्यक्ष उद्यमशीलता कार्यक्रममार्फत वडा नम्बर १ का स्थानीयहरूलाई लक्षित गरी सामाग्री बनाउने सीप विकास तालिम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठद्वारा जारी सूचनामा तालिममा सहभागी हुने इच्छुक व्यक्तिहरूले ७ दिनभित्र वडा नम्बर १ को कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।
तालिमको उद्देश्य स्थानीय स्तरमै स्वरोजगारको अवसर सृजना गर्नु तथा उद्यमशीलता प्रवर्द्धन गर्नु रहेको जनाइएको छ । तालिम कार्यक्रमले सामग्री उत्पादन सम्बन्धी व्यवहारिक सीप प्रदान गर्नेछ ।
यस कार्यक्रमबाट सहभागीहरूले उत्पादन र बजार व्यवस्थापन तथा उद्यम प्रारम्भका विषयमा ज्ञान हासिल गर्न सक्नेछन् । गाउँपालिकाले वडावासीलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको छ ।