Ad Image

उमाकुण्ड गाउँपालिकामा २ दिन स्थानीय पर्व बिदा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746963973.jpg

रामेछाप । किरात र अन्य समुदायहरूले मनाउने उभौली पर्वको अवसरमा उमाकुण्ड गाउँपालिकाले यही वैशाख ३० र ३१ गते दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार दुई दिनका लागि बिदा दिइने जानकारी प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले विज्ञप्ति जारी गरी दिएका हुन् ।

 

विज्ञप्तिमा कार्यालय मातहतका सबै निकाय र कर्मचारीहरूलाई बिदाबारे जानकारी गराइएको छ ।

 

गाउँपालिकाले किरात समुदायसहित सम्पूर्ण नगरवासीलाई पर्वको शुभकामना दिँदै शान्तिपूर्ण र सांस्कृतिक रूपमा उत्सव मनाउन आह्वान गरेको छ ।