Ad Image

सेनामा २ करोड हिनामिना प्रकरणमा पूर्वजमदार कारागार चलान

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746971365.jpg

काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका पूर्वजमदार आत्माराम थापा कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा दिवाकर भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

 

अवकास भइसकेका दुई सैनिकविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ । अर्का अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी भने अहिलेसम्म फरार छन् । अधिकारीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

 

तर बहालवाला दुई सैनिकमाथि भने सेना आफैँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका आरोपित थापाले सहायक रथी खड्का र सेनानी कार्कीको नाम लिएका थिए । सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ।

 

कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको दायरामा नपर्ने अवकाश भइसकेका २ जनालाई कारबाहीको जिम्मा प्रहरीलाई दिइएको थियो। ​​​​​​​उनीहरु यसअघि सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चारजनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ हिनामिना गरेको आरोप छ।