Ad Image

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट, ३० गते पेसी

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746972620.jpg

काठमाडौं ।  निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिकारी पदमा रहेकै बेला गठन भएको गभर्नर सिफारिस समितिमा बस्नु गैरकानूनी भएको भन्दै अदालतमा रिट दायर भएको हो । 
 

अधिवक्ता नवीन धितालले २५ गते नै दायर गरेको रिट आइतबार दर्ता भएको हो ।  रिटमाथि वैशाख ३० गते पेसी तोकिएको छ ।  रिटमा सरकारले गठन गरेको ३ सदस्यीय सिफारिस समितिमा अधिकारी बस्नै नमिल्ने र उनी समेत संलग्न समितिले गरेको सिफारिस गैरकानुनी हुने जिकिर गरिएको छ। नेपाल राष्ट्र बैँकको गभर्नरबाट अधिकारीले उमेरहदका कारण गत २४ चैतमा अवकाश पाएका थिए।