Ad Image

गृहमन्त्रीको साथी भन्दै धम्की दिने श्रेष्ठ पक्राउ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746981271.jpg

काठमाडौं । गृहमन्त्रीको साथी भन्दै कर्मचारीलाई धम्की दिने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । उनले कर्मचारीहरुलाई टेलीफोन मार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत वाधा अवरोध गरेको प्रहरीको भनाइ छ ।

 

उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।