साँफेबगर नगरपालिकामा कर्मचारी आन्दोलनका कारण सेवा प्रवाह प्रभावित


अछाम । साँफेबगर नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिद्वारा सुरु गरिएको आन्दोलनका कारण नियमित सेवा प्रवाह प्रभावित भएको छ ।
नगर कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, आर्थिक प्रशासन, प्राविधिक, योजना तथा अनुगमन, शिक्षा, युवा तथा खेलकुद, कर्मचारी प्रशासन शाखा तथा वडा कार्यालयहरूमा सेवा सञ्चालनमा कठिनाइ भएको जनाएको छ ।
आइतबार (हिजो) २८ गतेदेखि सुरु भएको आन्दोलनका कारण अत्यावश्यक बाहेकका अन्य सेवाहरू प्रवाह गर्न असहज अवस्था सिर्जना भएको नगरपालिकाले स्पष्ट पारेको छ ।
परिस्थिति सामान्य नभएसम्मका लागि सेवामा अस्थायी प्रभाव पर्न सक्ने भएकाले सेवाग्राहीहरूलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको बताइएको छ ।
