Ad Image

टेस्ट क्रिकेटबाट विराट कोहलीले लिए संन्यास

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747033575.jpg

काठमाडौं । भारतीय क्रिकेटका दिग्गज ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट आधिकारिक रूपमा सन्न्यास लिएको घोषणा गरेका छन् ।

 

सोमबार इन्स्टाग्राममार्फत भावुक सन्देश जारी गर्दै ३६ वर्षीय कोहलीले १३ वर्ष लामो टेस्ट यात्रा टुङ्ग्याएको बताएका हुन् ।

 

२०११ मा टेस्ट डेब्यु गरेका उनले भारतका लागि १२३ टेस्ट खेल्दै ९२३० रन जोडेका छन् । यस क्रममा उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरेका थिए ।

 

लामो समय कप्तानी समेत सम्हालेका कोहलीले आफ्नो करियरप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि स्मरणीय बन्ने विश्वास व्यक्त गरेका छन् ।

 

केही दिनअघि कप्तान रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । यसअघि दुवै खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट एकसाथ बिदा लिएका थिए । अब उनीहरू एक दिवसीय क्रिकेटमा मात्रै देखिनेछन् ।