बुद्धका शिक्षाले आजको समाजलाई मार्गदर्शन गर्छ : डा. भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बुद्धले दिनुभएको सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहु सांस्कृतिक, बहुभाषिक र बहु धार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेका छन् ।
गौतम बुद्धको जयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष भट्टराईले भने, ‘२०७८औँ बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धप्रति श्रद्धासहित नमन गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, सहिष्णुता र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
अहिलेको चुनौतीपूर्ण समयमा सामाजिक सद्भाव, सहिष्णुता, वैज्ञानिक सोच र विवेकशील नेतृत्वको आवश्यकता दिनानुदिन बढिरहेको सन्दर्भमा उल्लेख गर्दै बुद्धका शिक्षाहरू हाम्रा मार्गदर्शक बन्न सकुन् भन्ने कामना समेत गरे । बुद्ध जयन्तीले सबैमा मानवता, समानता र न्यायप्रतिको प्रतिबद्धता थप सुदृढ हुने उनको विश्वास छ ।