डोटीमा आपसी विवादका कारण कुटपिट हुँदा २ जना घाइते


डोटी । आदर्श गाउँपालिका–४ मा आपसी विवादका क्रममा कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।
आइतबार राति अशोक रोकाया र सन्तोष भाटबीच विवाद चर्किएपछि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता नवराज रावलले जानकारी दिए ।
राति साढे १० बजेतिर सुरु भएको विवादपछि रोकायाका आफन्तहरूले भाटलाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटसँगै भाटको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड र आगजनी समेत भएको रावलले जानकारी दिए ।
आगजनीबाट जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यद्यपि आगो लगाउने व्यक्तिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घाइते रोकाया र भाटको अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको र दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।