पाकिस्तान बच्न चाहन्छ भने आतंकवाद समाप्त गरोस् : मोदी


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतंककारी अड्डाको आक्रमण स्थगन भएपनि अन्त्य नभएको जिकिर गरेका छन् । सोमबार देशको नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । उनले युद्धका हरेक मोर्चामा पाकिस्तानलाई धुलो चटाएको पनि जिकिर गरे ।
उनले मारिएका आतंककारीहरुको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सरिक भएकाले राज्य प्रायोजित आतंकवादको नमुना त्यै भएको दाबी गरे । मोदीले भविष्यमा आतंकवादी र तिनको संरक्षण गर्ने सरकारबीच फरक नगर्ने चेतावनी दिए । ‘यदि पाकिस्तान बच्न चाहन्छ भने उसले आतंक अन्त्य गर्नैपर्छ,’ उनले भने। मोदीले पाकिस्तानसँग वार्ता हुने हो भने आतंक र पाकिस्तान नियन्त्रित कस्मिरको विषयमा मात्र हुने पनि स्पष्ट पारे।