Ad Image

बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747066000.jpg

काभ्रेपलाञ्चोक । वर्षाका कारण बाढीले डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार अपरान्ह परेको वर्षाले रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।  

 

डाइभर्सन बगाएपछि अहिले बीपी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको छ । रोशी गाउँपालिका–११ तालढुंगास्थित भ्याकुरे खोलामा एउटा ईभी भ्यान फसेको प्रहरीले जनाएको छ । पानीको बहाब बढेकाले गाडी निकाल्न समस्या भएको प्रहरीले जनाएको छ । त्यस्तै, रोशी गाउँपालिका– ९ बोक्सुकुना भन्ने ठाउँमा पनि अर्को एउटा डाइभर्सन बगाएको छ ।
 

आज काभ्रेपलाञ्चोकको पनौतीमा ४१ मिलिमिटर वर्षा भएको थियो । पनौतीस्थित रोशीखोला केन्द्रमा १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।