Ad Image

नवलपरासीको चोरमारामा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747067426.jpg

नवलपरासी ।‌ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । सोमबार साँझ पुल भासिएको हो । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी लाम लागेका छन् । 

 

पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए । सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भासिएको हो । 

 

ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा केही तल पुल दबिएको छ । साथै पुलको छेउछाउमा समेत चर्किएको छ । ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्ने÷नसक्ने यकिन हुने प्रमुख बञ्जराले बताए । अहिले रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन् ।