महिला विश्वकप छनोटमा आज नेपालले हङकङसँग खेल्दै


काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपालले हङकङसँग खेल्दैछ । थाइल्याण्डमा जारी प्रतियोगितामा नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा दिउँसो १२:३५ बजे सुरु हुनेछ ।
डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो । आज हुने खेलमा नेपालले हङकङलाई पराजित गरे एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्नेछ भने पराजित भएमा यात्रा कठिन हुनेछ ।