स्थगित भएका आईपीएलका बाँकी खेल शनिबारदेखि सुरु हुने


काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का बाकी खेल आगामी शनिबारदेखि हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले मे १७ देखि सञ्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो । लिग चरणका बाँकी १३ खेलहरू ६ स्थानमा हुने तय भएको छ । प्लेअफ चरण मे २९ देखि खेलाइने छ, जसको फाइनल जुन ३ मा हुनेछ।
