Ad Image

गन्यापधुरामा १ करोडको लगानीमा खेलमैदान बन्दै

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747111757.jpeg

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ । गन्यापधुरा –२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

खेलमैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ ।  स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेलमैदानले सहयोग गर्ने उनले बताए ।

 

अध्यक्ष कार्कीले भने, “जिल्लामा एउटा पनि खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ  र  क्रिकेट खेल्न योग्य मैदान बन्ने छ । ”