महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी


काठमाडौं। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गभर्नर सिफारिस समितिमा बस्नु गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका थिए ।
धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल, महाप्रसाद अधिकारी, समितिको सचिवालय र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएका थिए । उनलाई वैशाख १६ गते नै अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेको सिफारिस समितिको सदस्य नियुक्त गरिएको थियो । पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ ।