Ad Image

श्रीमानको हत्याको अभियोगमा श्रमती पक्राउ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747125267.jpg

काठमाडौं । दाङ जिल्लामा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

 

बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने संगीता सुनारी मगरलाई श्रीमान पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

 

घरायसी विवादको क्रममा  ५० वर्षीया संगीताले ६५ वर्षीय श्रीमान पुनारामलाई दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई  सोमबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिए ।


यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।