Ad Image

खोप लगाउन छुटेकालाई आज पुनःसेवा दिइँदै

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747202865.jpg

काठमाडौं । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ ।


स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ । बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरिएको छ । 
 

यसैबीच, चितवन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ ।

 

कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार नियमित खोप छुटेका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आज खोप लगाइने छ । जिल्लाका सातवटै पालिकाका सरकारी स्वास्थ्य संस्थाबाट खोप लगाइने छ ।