पोखरामा माइक्रो बस दुर्घटना, ४ जनाको अवस्था गम्भीर

पोखरा । पोखरामा माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । पोखराको शान्ति स्तूपबाट फर्किँदै गरेको ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई अस्पताल पठाइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।