सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास


काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार साँझ रेड पाण्डा चोरी गर्ने प्रयास भएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेपछि यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । रेड पाण्डा चोरी गर्न लागेको दृश्य अस्पष्ट रुपमा सीसी क्यामरामा समेत देखिएको छ ।
विभिन्न पक्षको विश्लेषण गरेर घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।