ट्राफिक प्रहरीका इन्स्पेक्टरले सहायक हवल्दारलाई हाने चड्कन !


काठमाडौं । काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका सहायक हवल्दार कुटिएका छन् । सहायक हवल्दार कुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन थालेको छ ।
काठमाडौं उपत्यकाका ट्राफिक कार्यालय स्रोतका अनुसार उक्त घटना नागढुंगाको आज बिहान साढे ८ बजेतिर भएको हो । भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाएको र सोधपुछ गरेपछि मात्रै किन कुटपिट भएको हो भन्ने खुल्ने काठमाडौं उपत्यकाका ट्राफिक कार्यालय जनाएको छ ।