Ad Image

महाभारत गाउँपालिकामा शून्य बेरुजु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747236307.png

काठमाडौं । काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको छ । आज महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।  गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो । अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य थियो ।