स्थगित आईपीएल फेरि सुरु हुँदै, आज बेंगलुरु र कोलकाता खेल्दै


काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का खेलहरु आजदेखि सुरू हुँदैछ । आईपीएल पुनः सुरु हुँदाको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।
अंकतालिकामा हाल गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रोमा, मुम्बई १२ खेलमा १४ अंकसहित चौथोमा छ । यस्तै दिल्ली पाँचौं, कोलकाता छैटौं, लखनउ सातौं, हैदराबाद आठौं, राजस्थान नवौं र चेन्नई १०औं स्थानमा छ ।