Ad Image

सगरमाथा संवाद: आज 'छलफल शेसन'पछि अतिथिहरूलाई सगरमाथाको हवाई यात्रा गराइने

User Image Mayorsap | ४ दिन अगाडि
Image of storage/news/1747449515.jpg

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रममा आज छलफल शेसन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजोदेखि सगरमाथा संवाद कार्यक्रम सुरू भएको हो । 
 

सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेबाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ विदेशी पाहुनासहित ३५० जनाले सहभागिता जनाउँदै छन् । परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलवायु परिवर्तन सम्बन्धी मुख्य विषयमा छलफल हुनेछ ।

 

यस्तो छ कार्यतालिका

छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। 

 

हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम बिहान ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ। त्यसपछि विशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाई यात्रालगायत विभिन्न कार्यक्रमहरू गरिनेछ ।