बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
Mayorsap
शुक्र, जेठ ३, २०८२ | ०८:३७ बजे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठक शनिबार दिउँसो २ बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने घिमिरेले बताए ।