Ad Image

राजारानीमा होमस्टे सेवा सुरु गर्न लेटाङमा तालिम सञ्चालन

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/l.jpg

मोरङ । लेटाङ नगरपालिकाले राजारानी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना अन्तर्गत होमस्टे सेवा सुरु गर्न तालिम सञ्चालन गरेको छ ।

वडा नं. १ मा आयोजित ७ दिने रैथाने परिकार तालिमको अन्तिम दिन नगर प्रमुख भूपेन्द्रकुमार लावतीसहितको टोलीलाई विशेष आतिथ्यसाथ स्वागत गरिएको हो ।

मगर समुदायका तालिम सहभागीहरूले परम्परागत पोसाकमा फूलमाला, अबिर र मादल बजाएर टोलीलाई स्वागत गरे। अतिथिहरूलाई मकैको बिस्केट, मोहीसहित ७० प्रकारका रैथाने परिकार चखाइएको थियो ।

राजारानी, कुवापानी र समलामा होमस्टे सेवा विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले पर्यटन गुरु योजना तयार पारेको छ । 

तालिममा सहभागी १५ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षक नारायण तामाङले प्रशिक्षण दिएका थिए। ।

स्थानीयले तालिम उपयोगी भएको भन्दै सामुदायिक हलको सुधारको माग गरेका छन् ।