Ad Image

बाजुरगडामा सिँचाइ नहर समय अगावै सम्पन्न, स्थानीयले गरे सम्मान

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bajur.jpg

कैलाली । कैलालीको चुरे गाउँपालिका–४, जगाति बाजुरगडामा समयमै सिँचाइ नहर निर्माण सम्पन्न गरेपछि स्थानीयवासीले उपभोक्ता समितिलाई सम्मान गरेका छन् ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको ३५ लाख रुपैयाँ लागतमा ८३५ मिटर लम्बाइको पक्की नहर निर्माण गरिएको हो । कुल लागतको २० प्रतिशत श्रमदानमा आधारित रहेको नहर निर्माणमा ३ प्रतिशत कन्सल्टेन्सी कटौती गरिएको थियो ।

भडार खोलाबाट पानी ल्याइने उक्त नहरको लक्ष्य ६ किलोमिटर लम्बाइको हो, जसबाट १४० घरधुरी लाभान्वित हुने र १,२०० रोपनी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

२०८१ फागुन २९ गते सम्झौता भई २०८२ जेठ १५ गतेसम्म सम्पन्न गर्ने योजना रहेको नहर निर्माण समितिले तोकिएको समयभन्दा अगावै—जेठ ३ गतेभित्रै काम सकिएको जनाएको छ ।

समयमै गुणस्तरीय काम सम्पन्न भएको भन्दै अध्यक्ष हेम विष्ट नेतृत्वको उपभोक्ता समिति उपाध्यक्ष भिमसरादेवी सापकोटा, सचिव गोविन्द नेपाली, कोषाध्यक्ष गौरीदेवी नेपालीलाई स्थानीयवासीले विशेष सम्मान गरेका हुन् ।