Ad Image

सभापति लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ । पटक–पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको हो। 

सर्वोच्च अदालतमा यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा सोमबार भने हेर्न मिल्ने इजलासमा परेको छ ।  आइतबार न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो । 


वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।