Ad Image

न्यायालयप्रति मनिष झाको आरोप–राजनीतिक संरक्षण दिँदा न्यायालयप्रतिको विश्वास कमजोर बन्यो

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/manish jha1.PNG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले न्यायालयप्रतिको विश्वास कमजोर बन्दै गएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै सांसद झाले न्यायालयले राजनीतिक संरक्षण दिइरहेका कारण न्यायालयप्रतिको विश्वास कमजोर बन्दै गएको आरोप लगाएका हुन् ।

न्यायाधीश नियुक्तिका लागि नामावली लिएर कांग्रेस नेता रमेश लेखक आफूलाई भेट्न आएको भन्ने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति उल्लेख गर्दै उनले यस्तै कारणले न्यायलयमा राजनीतिक संरक्षण रहेको बताए ।

उनले न्यायालयबाट न्याय पाउने आशा काम हुँदै गएको समेत बताएका छन् । सांसद ‘न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेका छन् । यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ। ’ सांसद झाले भने, ‘न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ ।’