Ad Image

चार जना सांसद चढेको गाडी कानेपोखरीमा दुर्घटना

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gadi2.PNG

मोरङ । मोरङ जिल्लाको कानेपोखरीमा कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटना भएको छ । पूर्वबाट विराटनगरतर्फ जाँदै गरेको सांसद चढेको गाडीलाई कारले ठक्कर दिँदा दुर्घटना भएको हो । 

पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको कारले सांसदको गाडीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । सांसद चडेको गाडीमा प्रदेश सभा सदस्यहरू राधाकृष्ण खनाल, नम्बरलाल धिमाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।