४ जना सांसद चढेको गाडी र डीएसपी खड्काले चलाएको कार एकआपसमा ठोक्किँदा दुर्घटना

काठमाडौं । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका– ७ मा कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएका थिए भने बीएई १४०६ नम्बरको गाडीमा कोशी प्रदेशका चार जना सांसदहरु सवार थिए । सांसद चडेको गाडीमा प्रदेश सभा सदस्यहरू राधाकृष्ण खनाल, नम्बरलाल धिमाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।