प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
मन्त्रिपरिषदको बैठक बोलाउनुअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटवार्तामा गभर्नर नियुक्निका विषयमा कुराकानी भएको बुझिएको छ ।
नियमित रुपमा सोमबार हिजाे बस्नुपर्ने बैठक प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या भएको कारण देखाएर अन्तिममा स्थगित गरिएको थियो ।