Ad Image

अर्थमन्त्री विष्णु पौडेलद्वारा गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bishnu paudel.jpg

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान गरेका छन् । समितिको संयोजक समेत रहेका अर्थमन्त्री पौडेलले मंगलबार अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् । 

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ । उक्त छलफलपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक र अर्थमन्त्रीले गभर्नर छनोट समितिको बैठक बोलाएका हुन् । 

समितिका सदस्यमा पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन् । समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गरिने छ ।