पाँच सय र १ हजारका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि नवनियुक्त गभर्नर पौडेलले पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् ।
उनले मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक नभएर छुट्टै स्वतन्त्र नीति भएको समेत बताए । गभर्नर पौडेलले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।