चितवनमा २ ट्रक एकआपसमा ठोक्किए, चालकसहित ७ जना घाइते


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा आज बिहान दुई वटा ट्रक एकआपसमा ठोक्किएका छन् । बिहान करिब ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका हुन्।
उक्त दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।