बागमती प्रदेशसभामा आज पनि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने


काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे हुनेछ ।
बुधबारको बैठकमा कृषि, उद्योग, वन र पर्यटक प्रवद्र्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव थियो । आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० छलफल जारी छ ।