हेटौंडा उपमहानगरमा १० महिनामा साढे ३३ करोड राजस्व सङ्कलन

मकवानपुर । हेटौंडा उपमहानगपालिकाले १० महिनामा करिब साढे ३३ करोड राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु ३३ करोड ४४ लाख ६ हजार राजस्व सङ्कलन गरेको हो।
१० महिनामा उपमहानगरले सम्पत्ति करबाट छ करोड ८५ लाख ६८ हजार ९७१ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी घरबहाल करबापत ४ करोड ६३ लाख ३५ हजार ८४ र नक्सापास दस्तुरबाट रु पाँच करोड ७५ लाख ५८ हजार ५१० सङ्कलन भएमो उपमहानगरले जनाएको छ ।
त्यसैगरी पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु तीन करोड ५६ लाख २५ हजार सङ्कलन भएको उपमहानगपालिकाले जनाएको छ ।