Ad Image

कांग्रेसले डाक्यो पदाधिकारी बैठक, के–के छन् एजेण्डा?

User Image Mayorsap | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congrss.JPG

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान ९ बजेका लागि बुढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डा क्रियाशील सदस्यता नवीकरणको प्रगति समीक्षा हो । यस विषयमा महासचिव गगन थापाले ब्रिफिङ गर्नेछन् । थापा सदस्यता व्यवस्थापन समितिका संयोजक पनि हुन् ।

साथै बैठकमा गृह मन्त्रालयसँग जोडिएको पछिल्लो विवाद, सहसचिव तीर्थराज भट्टराईको पक्राउ र गृहमन्त्रीको राजीनामाको मागसमेत छलफलमा आउने बताइएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयसीमा असार मसान्तसम्म निर्धारण गरेको छ ।