वडाध्यक्ष कुशवाहा कार्यालयबाटै पक्राउ, अदालतमा पेस


वीरगन्ज । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार कुशवाहालाई आइतबार वडाकै कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन वटा छुट्टाछुट्टै मुद्दामा बारा जिल्ला अदालतबाट सजायको फैसला भइसकेको थियो । ती फैसलाहरू कार्यान्वयन गर्नका लागि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेपछि कुशवाहालाई आइतबार नै बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । कुशवाहाविरुद्ध फैसला भइसकेको भए पनि लामो समयसम्म उनी उन्मुक्तिमा रहेका थिए ।