पूर्वसभामुख महरामाथि बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लगाएकी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन् ।
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित डेरामा बस्दै आएकी शाही आइतबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
२०७६ असोजमा संसद सचिवालयमा कार्यरत शाहीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । सो घटनाले राजनीतिक हलचल मच्चाएको थियो । पछि अदालतमा उनले बयान फेरेपछि महरा रिहा भएका थिए ।
शाहीको मृत्युको कारण खुल्न बाँकी रहेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।