Ad Image

दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/durga ki jaya.JPG

काठमाडौं । गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा हिंसा चर्किँदा दुई जनाको ज्यान गएको घटनामा दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको अभियोगमा मुद्दा दायर गरिएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्माका अनुसार, प्रसाईंसहित हरिहरि चौलागाईं, सरोज गौतम (तारा राजावादी), शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको हो ।

उक्त प्रदर्शनका क्रममा सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो । मृत्युसँग जोड्दै अभियुक्तहरूमाथि कर्तव्य ज्यानको मुद्दा अघि बढाइएको हो ।

राजसंस्थाको समर्थनमा आयोजित सो प्रदर्शनको नेतृत्व विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । भीड उग्र बनेपछि हिंसात्मक झडप भएको थियो । घटनाको अनुसन्धानपछि अभियोग तय गरिएको हो ।