Ad Image

सिंहदरबारमा कांग्रेस–एमालेका शीर्ष नेताबीच छलफल

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/b.jpg

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा महत्वपूर्ण छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको यो बैठकमा समसामयिक राजनीतिक अवस्था, सत्ता सहकार्यको गतिशीलता र आगामी रणनीति लगायतका विषयमा केन्द्रित छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष ईश्वर पोखरेल, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

सत्ता गठबन्धनलाई सुदृढ बनाउँदै सरकारको कार्यदिशा स्पष्ट गर्ने उद्देश्यसहित बसेको बैठकलाई राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिएको छ ।